देउवा बेलायत जाँदै, पुरानो मित्र मुलुकसँग दुई पक्षीय भ्रमण भने नहुने

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पहिलो विदेश भ्रमण बेलायतबाट सुरु गर्ने भएका छन् । उनी जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिन बेलायतको ग्लास्ग्वो जाने भएका हुन् । उनी कात्तिकको तेस्रो साता ग्रेट ब्रिटेन अन्तरगत स्कटल्याण्डको सिटि ग्लास्ग्वोमा हुने सम्मेलनमा सहभागी हुन लागेका हुन् ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले ग्लास्ग्वोमा हुने जलवायु परिर्वतनसम्बन्धी वर्ल्ड लिडर समिटमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय भएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । वर्ल्ड लिडर समिट नोभेम्बर १-२ मा स्टकल्याण्डको ग्लास्ग्वोमा हुनेछ ।
त्यही समिटलाई भ्याउने गरी त्यसतर्फ जान लागेका हुन् । यद्यपि बेलायतमा यतिबेला नेपालको राजदूत समेत छैनन् । उनी जाने भएपछि त्यहाँ नयाँ राजदूत तय गर्न पर्ने थियो । परराष्ट्र मन्त्रालयले पनि यस विषयमा प्रधानमन्त्रीलाई सुझाव दिन आवश्यक थियो । प्रधानमन्त्री भएपछि पहिलो भ्रमण ब्रिटेनमा हुँदा त्यहाँ हुने भेटवार्ता तय गर्ने र अझ सकिन्छ यस्तो अवस्थामा दुई पक्षीय भ्रमणको समेत तयारी गर्ने कार्यका लागि राजदूत नै आवश्यक हुन्छ ।
राष्ट्रसंघ अन्तरगतको सम्मेलनमा भाग लिन जो भएकाले यो भ्रमण दुईपक्षीय नहुँदा पुरानो मित्र मुलुकसँग नेपालको सम्बन्ध बारेमा अन्यले प्रश्न समेत गर्ने अवस्था रहन्छ । तर त्यस तर्फ ध्यान नै नदिएर देउवा नेतृत्वको टोली बेलायत जाने भएका छन् । देउवाका मुख्य सचिव परराष्ट्र सचिवबाट गएका हुनाले उनलाई यस विषयमा जानकारी हुन पर्ने ? बेलायत जस्तो मुलुकमा देउवाको भ्रमण हुँदा दुईपक्षीय भ्रमण गराउन सकिँदैन भने किन भ्रमण गर्ने ? यो विषयमा सोच्न आवश्यक छ ।
त्यहाँका राजदूतलाई सरकारले फिर्ता बोलाएको भए पनि उनी अझै फर्केका छैनन् । कार्यबाहक राजदूतले सबै काम गर्न सहज हुँदैन । त्यही विषयलाई लिएर बहस छलफल भइरहेका अवस्थामा देउवा त्यसतर्फ जान लागेका हुन् । उनको नेतृत्वको टोलीले जलवायु परिवर्तन बारे नेपालको धारणा राख्नेछ ।
हुन त प्रधानमन्त्री भएपछि भारत तर्फको भ्रमण गरेर मात्र अन्यत्र जाने गरेका थिए । यसपटक भने यसमा देउवाले ब्रेक लगाउने सम्भावना देखिएको छ । यद्यपि यस बीचमा भारत भ्रमणको पनि छलफल र बहस नभएको होइन । देउवाको दूतको रुपमा तीन नेता भारत पुगेर भारतीय जनता पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेर फर्केको धेरै भएको छैन । देउवा बेलायत पुगे उनी पाचौँ पटक प्रधानमन्त्री भएपछिको पहिलो भ्रमण हुनेछ । उनी २९ असारमा प्रधानमन्त्री नियुक्त भएदेखि नै विदेश भ्रमणमा गएका छैनन् ।

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

युरोपका नेपाली समुदायलाई प्रधानमन्त्रीको आग्रह : ‘सक्दो छिटो स्वदेश फर्कनुस्’

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

कोइरालाले चौधरीलाई लक्षित गर्दै भनेः पार्टीलाई चन्दा दिएकै भरमा सबैले नेता म…

प्रतिक्रिया