बिहीबार १५ साउन, २०८२
Thursday, July 31, 2025

गलत प्रवृत्तिविरुध्द डटेर लड्‍ने दाहाल–नेपाल समूहकाे निष्कर्ष

फाइल तस्वीर

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी एकतालाई जोगाउँदै गलत प्रवृत्तिको डटेर सामना गर्ने निष्कर्ष निकालेका छन् । शुक्रबार पेसिरडाँडास्थित नेकपा जनवर्गीय संठनको कार्यालयमा भएकाे दाहाल–नेपाल पक्षको प्रदेश १ स्तरीय भेलाले गलत कुराको विरोधमा डटेर लड्ने निष्कर्ष निकालेको हो । 

एकाधिकार र सर्वसत्तावादविरुद्ध डटेर लड्ने निष्कर्ष भेलाकाे निष्कर्ष छ । भेलामा नेकपाका अध्यक्ष दाहालले आफूहरूले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई निषेध नभई नियन्त्रण गरेर जान खोजेको बताएका थिए । अध्यक्ष दाहाललले आफूहरूले ल्याएको प्रतिवेदनमा प्रवृत्तिगत कुरा मुख्य भएको बताएको भेलामा सहभागी एक नेताले जानकारी दिए ।

नेकपा सांसद धर्मशिला चापागाईका अनुसार भेलामा दाहाललगाएत बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले पनि समेबाेधन गरेका थिए । भेलामा प्रदेश १ का १४ जिल्लाका नेकपा इन्चार्ज, अध्यक्ष, सचिव र सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसमेत सहभागी भएका थिए ।