नदीमा फसेका दुई जनाको उद्दार

कैलाली - अचानक बाढी आउँदा नदीको बीचमा फसेका दुईजनाको सकुशल उद्दार गरिएको छ । सोमबार साझ गोदावरी नगरपालिका-८ स्याउलेस्थित खुटिया खोलामा बालुवा, ढुङ्गा निकाल्न गएका गोदावरी नगरपालिका-९ बल्मी बस्ने वर्ष ४० को मानबहादुर थापा र उनकी श्रीमती बर्ष ३६ कि रेबु थापालाई सकुशल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।
बाढी आउँदा नदीको बीच टापुमा फसेको जानकारी प्राप्त हुनासाथ तत्काल उक्त स्थानमा ईलाका प्रहरी कार्यालय मालाखेती र सशस्त्र प्रहरी बल नं. ४७ गण बनबेहडाबाट संयुक्त रुपमा प्रहरी टोली खटी गई सकुसल उद्दार गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

आज तपाइको भाग्य कस्तो छ ? (हेर्नुहोस राशिफल)

हलेसी तुवाचुङका ११६ घर भूमिहीन र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा

आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान

महाकाली करिडोरमा पर्ने रूख कटान गरिँदै

ग्यास चुहावट भई आगलागी हुँदा १५ लाख बढीको क्षति

बुधबारदेखि हल्का वर्षाको सम्भावना, तापक्रम पनि घट्ने

प्रहरीमाथि आक्रमण गरेपछि लागुऔषध कारोबारीलाई गोली हानेर समातियो

प्रतिक्रिया