व्यवसायी रमेश महर्जनको कोभिड संक्रमणबाट निधन

काठमाडौँ– रत्न तथा आभूषण महासंघका अध्यक्ष व्यवसायी रमेश महर्जनको कोभिड–१९ संक्रमणबाट निधन भएको छ । आरबी डायमन्ड ज्वेलर्सका प्रबन्ध निर्देशक समेत रहेका महर्जन समाजसेवामा समेत सक्रिय थिए ।
महर्जन यसअघि साझा पार्टीको समर्थनमा ललितपुर महानगरपालिकाको मेयरका उम्मेद्वार बनेका थिए । उनको अगुवाईमा पाटनको पिलाछेंमा भूकम्पपछिको पुनर्निर्माण भएको थियो ।
शरीरमा असहज महसूस भएपछि उनले असोज २६ मा स्वास्थ परीक्षण गराउँदा कोभिड–१९ पोजिटीभ देखिएको थियो । उनको परिवारमा श्रीमतीसहित सबैलाई कोभिड–१९ संक्रमण पाइएको थियो । आफू र श्रीमतीसहित परिवारका सदस्यलाई कोभिड–१९ संक्रमण देखिएको भन्दै उनले लगत्तै अघिदेखि सम्पर्कमा रहेकाहरूलाई सतर्कता अपनाउन आग्रह गर्दै फेसबुकमा स्ट्याटस समेत राखेका थिए ।
महर्जनको शारीरिक अस्वस्थताकै कारण उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा आज बिहान ११ बजेतिर उनको निधन भएको महर्जनका पुराना मित्र सुरेन्द्रवीर मालाकारले इकागजलाई बताए । ५६ वर्षीय महर्जनकी श्रीमती तथा एक छोरा र दुई छोरी छन् ।

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

हुन्डाई नेपालद्वारा बुटवल–भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक

आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज सम्पन्न

“महिला घरभित्र सीमित हुनु हुँदैन” ; माँ भाटभटेनी संस्थाद्वारा आयोजित तालिमल…

प्रतिक्रिया