बाढी पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध
कैलाली - आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण बझाङ जोड्ने जय पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण केदारस्युँ गाउँपालिका–१ नारु गौडामा आएको बाढी र सडक माथिबाट खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध बनेको हो ।
अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहे पनि वर्षाका कारण नारु गौडामा पानीको बहाव नघटेकाले काम प्रभावित भएको बझाङका प्रमुख जिल्ला अधिकारी मोहनराज अधिकारीले बताए । राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बाहिरीने सवारी साधन र यात्रुहरू बिच बाटोमै अलपत्र परेका छन् ।

आज तपाइको भाग्य कस्तो छ ? (हेर्नुहोस राशिफल)

हलेसी तुवाचुङका ११६ घर भूमिहीन र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा

आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान

महाकाली करिडोरमा पर्ने रूख कटान गरिँदै

ग्यास चुहावट भई आगलागी हुँदा १५ लाख बढीको क्षति

बुधबारदेखि हल्का वर्षाको सम्भावना, तापक्रम पनि घट्ने

प्रहरीमाथि आक्रमण गरेपछि लागुऔषध कारोबारीलाई गोली हानेर समातियो

प्रतिक्रिया