बिहीबार १५ साउन, २०८२
Thursday, July 31, 2025

उखु किसान आन्दोलनमा पुगे उद्योगमन्त्री

फाइल तस्बिर

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आन्दोलनरत उखु किसानको वक्यौता रकम १२ दिन भित्र दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार माइतीघर मण्डलामा पुगेर आन्दोलनरत किसानहरूलाई वक्यौता रकम भुक्तानी गराउने जिम्मेवारी सरकारको भएकाले अवको १०/१२ दिनभित्र सम्पूर्ण रकम भुक्तानी गराईसक्ने प्रतिबद्धता व्यक्त गरेको हो । 

मन्त्री भट्टले उखु किसानको बक्यौता रकम उद्योगबाट दिने प्रक्रिया आरम्भ भइसकेको पनि बताए । उनले भने,‘१०/१२ दिनभित्र सम्पूर्ण भुक्तानी गराईसक्छौँ । नभए सम्बन्धित पक्षको सम्पती रोक्का गरिदिने प्रक्रियामा अगाडी बढ्छौँ, हामिलाई विश्वास गर्नुहोस् ।’

उखु किसानको आन्दोलनमा सहभागिता जनाउँदै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उखु किसानलाई रकम दिलाउने कर्तव्यबाट राज्य पन्छिन नहुने बताए । सरकारको ठुलो संयन्त्र हुँदाहुँदै पनि उद्योगीहरु भागेर हिँडेको बताउँदै बरिष्ठ नेता पौडेलले आन्दोलनरत किसानको मागलाई सरकारले पुरा गर्नुपर्ने बताए ।