बुधबार २८ जेठ, २०८२
Wednesday, June 11, 2025

सेती नदीले खतराको तह पार गर्‍यो, सावधानी अपनाउन आग्रह

तस्बिर : टेकराज उपाध्याय

कैलाली - आइतबारदेखि लगातार परेको वर्षाले डोटीको दीपायलमा रहेको सेती नदीमा बाढी आएको छ । नदीले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बाढीका कारण पुलमा आवतजावत बन्द गरिएको छ भने दर्जनौ घरहरू डुबानमा परेका छन् ।

स्थानीय टेकराज उपाध्यायले बाढीका कारण करौडौ बढीको नोक्सानी भएको बताउदै महिन्द्राको शोरुम र ग्यारेज पूर्ण रूपमा क्षति भएको बताए । भोलिसम्मै यी नदीहरूमा बाढीको जोखिम रहेको पनि महाशाखाले जनाएको छ। यस्तै देशका अरु नदी तथा खोलामा पनि बाढी आउने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविद्‍ले आग्रह गरेका छन्।

भोलिसम्म नै निरन्तर ठूलो पानी पर्ने र पर्सिदेखि भने मौसममा सामान्य सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पर्सिदेखि पनि बादल रहने भएकाले मौसम पूरै सफा नहुने महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताए। शनिबार रातिदेखि देशका विभिन्न ठाउँमा लगातारको वर्षाले जनजीवन प्रभावित भएको छ।