सुदूरपश्चिममा बाढी र पहिरोमा फसेकाहरूको हेलिकोप्टरबाट उद्धार गरिँदै

काठमाडौँ - लगातार परेको ठूलो वर्षात्का कारण सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा आएको बाढी र पहिरोमा परेकाहरूको उद्धार नेपाली सेनाको हेलिकोप्टरबाट गरिँदैछ। गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा नेपाली सेनाको सुर्खेतस्थित स्टेसनबाट बाढी र पहिरोमा परेकाहरूको उद्धारका लागि हेलिकोप्टर उडेको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख सहसचिव हुमकला पाण्डेले जानकारी दिइन् ।
वर्षात्का कारण सुदूरपश्चिमका डोटी डडेलधुरा र कञ्चनपुर बढी प्रभावित भएका छन् । महाशाखा प्रमुख पाण्डेकाअनुसार डोटी र डडेलधुरामा एक/एक जनाको मृत्यु भएको छ भने डडेलधुरामा एक जना पुरिएका छन् । केही स्थानमा बाढी र पहिरोका कारण मानिसहरू बीचमा थुनिएको खबर आएको पाण्डेले बताइन् ।
मन्त्री खाणले यी जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र सशस्त्र प्रहरीका प्रमुखलाई टेलिफोन गरी समन्वयात्मक ढंगले उद्धार र राहतको काम तीव्र गतिमा गर्न निर्देशन दिएका छन् । त्यस्तै उनले गृहको विपद् व्यवस्थापन महाशाखाकी प्रमुख पाण्डेलाई तत्काल विपद्मा परेकाहरूको उद्धार, अस्थायी स्थानान्तरणको कार्य अघि बढाउन निर्देशन दिए ।
केही दिनदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिमका अधिकांश नदीमा पानीको सहत बढैको छ । कर्णाली, सेती र महाकाली नदीले खतराको तह पार गरेका छन् । नदी तटीय क्षेत्रमा जोखिम बढेकोले आवश्यक सतर्कता अपनाउन भनिएको छ ।

वित्त र मौद्रिक नीतिको समन्वयमार्फत अर्थतन्त्र सुधार गर्नुपर्नेमा जोड

नेपाल र साउदीबिच दुईवटा श्रम सम्झौता हुने

प्रधानमन्त्री काठमाडौं–तराई मधेस द्रुतमार्ग हेर्न खोकना जाने

जेनेभामा श्रममन्त्रीले भनेः नेपाल श्रमको मर्यादायुक्त एजेण्डा प्रति पूर्णरूपमा प्र…

कम्तीमा १० वर्षदेखि सरकारी, ऐलानी, पर्तिमा बस्नेले लालपुर्जा पाउने

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

प्रतिक्रिया