बुधबार २८ जेठ, २०८२
Wednesday, June 11, 2025

पहिरोमा पुरिएर डडेल्धुरामा एक जनाको मृत्यु

फाइल तस्‍बिर

कैलाली - अबिरल बर्षासगै आएको पहिरोमा पुरिएर डडेल्धुरामा एक जनाको मृत्यु भएको छ । घरमाथिबाट आएको पहिरोमा पुरिएर गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बिक्रम चन्दले अहिलेसम्म एक जनाको मृत्यु भएको मात्रै जानकारी आएको बताउदै अन्य विवरण लिने कार्य भैरहेको बताए ।

त्यस्तै अमरगढी नगरपालिका–१ मा गएको पहिरोमा परी २ जना घाइते भएका छन्। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक चन्दले बताए।