शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

मार्सी धान फल्ने जुम्लाका फाँटमा बाढी

जुम्ला - केही दिनदेखिको निरन्तर वर्षाले मार्सी धान फल्ने जुम्लाका फाँट बाढीमा डुबेका छन् । भित्र्याउने बेला भएका धानबाली बाढीमा डुबेपछि किसानहरू चिन्तित भएका छन् । 

तातोपानी गाउँपालिकाको नियापानीमा करिब सय रोपनी खेतमा लगाएको धान बाढीले बगाएको स्थानीय जग्ती सार्कीले बताए । उनले भने, ‘बाढीले ग्रिरीखोला जालपदेवी जलविद्युत आयोजनाको बाँध पनि भत्काएको छ । दुई दिनदेखि बत्ती अवरुद्ध छ ।’

वर्षा र बाढीका कारण सुमलसाँघु र लामाचौरको काठेपुल बगाउँदा अवतजावतमा समेत कठिनाइ भएको छ । उनका अनुसार स्थानीय भान्या सार्कीको घरमा बाढी पसेर क्षति पुगेको छ । उनको खेतबारी पनि बगाएको छ । 

यस्तै, नाग्म–गमगडी राजमार्ग पनि बन्द भएको छ । रारालिही क्षेत्रका नदी छेउछाउका बासिन्दालाई सर्तकता अपनाउन प्रहरी प्रशासनले माइकिङ गरिरहेको छ । बाढीले तिला गाउँपालिकाको सापुल्ली, नुवाकोट र कुडारी बजारको तिखुनी ज्युलाका खेत बगाएको तिला गाउँपालिका–३ का परिलाल कठायतले बताए  । 

जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाई नेतृत्वको टोली क्षेति भएको क्षेत्र तातोपानी र तिलातर्फ गएको छ । प्रजिअ प्रसाईले वर्षा र बाढी बढेकाले जोखिम क्षेत्रको अवस्था बुझ्न तिला नदीको छेउछाउ र सापुल्ली गएको बताइन । उनका अनुसार जोखिमपूर्ण अवस्थामा रहेका बस्तीमा क्षेतिबाट जोगिन सतर्कता अपनाउन अग्रह गरिएको छ । नदी र खोलाको छेउछाउका र पुराना घरमा नबस्न अनुरोध गरेको उनले बताइन ।

प्रहरीले तिलाको सेरी बजार क्षेत्रको नदी क्षेत्रका घरमा नबस्न माइकिङ गरिएको छ । यस्तै, नदी छेउछाउ र खोला किनार, सडकमा समेत हिँड्डुल गर्न र जोखिमबाट बच्न आम नागरिकलाई प्रमुख जिल्ला अधिकारी प्रसाईले सुझाव दिइन ।

अहिले मार्सी धान फल्ने फाँट पानीले भरिएका छन् भने काटेका धान खेतमै कुहिन थालेका छन् । यसबेलाको वर्षाले सबैभन्दा बढी बालीनालीमा क्षेति पुगेको जुम्लाबासीले बताएका छन् । तर कतिपय ठाउँमा संचार पहुँच नभएकाले क्षेतिको विवरण एकिन हुन सकेको छैन । 

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन कारबाही गर (फोटो फिचर)

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्' (फोटो फिचर)

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढुक्क छु

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…