शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

वर्षा छल्दै धान भित्र्याउँदै खोकनाका किसान (फोटो फिचर)

काठमाडौँ – टन्टलापुर घाम लाग्ने कात्तिक महिनामा भारी वर्षा भएपछि किसान चिन्तित छन् । असारमा रोपेको धान पाकेर भित्र्याउने समयमा पानीले बिथोलेपछि किसानलाई आपत् परेको हो ।  कतै धान काटेर सुकाएको पाँजो भिजेको छ भने कतै वर्षा र हावा हुरीले धान ढालेको छ । 

तर, यता खोकनाका किसान भने वर्षा छल्दै धान भित्र्याउने चटारोमा छन् । लगातारको वर्षाले काटेको धान नसुके पनि उनीहरू धमाधम भित्र्याउन लागि परेका छन् ।