७७ अंकले खस्कियो सेयर बजार

काठमाडौँ - सेयर बजार मापक नेप्से परिसूचक ७७.३३ अंकले खस्किएको छ । ३.२५ प्रतिशतले घटेर नेप्से परिसूचक २५१०.७३ बिन्दुमा पुगेको हो ।
सेयर बजारमा प्रभुत्व राख्ने बैंकिङ समूहको परिसूचक २.८७ प्रतिशतले घटेको छ । फाइनान्स समूहको परिसूचक ५.३८ प्रतिशतले घटेको छ । विकास बैंक र हाइड्रोपावर समूहको परिसूचक ४ प्रतिशतभन्दा बढी दरले खस्किएको छ ।
नेपाल हाइड्रो डेभलपर्स र नेसनल हाइड्रोपावर कम्पनीको सेयर मू्ल्य उच्च दरले खस्किएको छ । सबैभन्दा बढी नबिल बैंकको सेयर कारोबार भएको छ । ५४ हजार चार सय १६ पटकको किनबेचमा ९५ लाख ७२ हजार १६ कित्ता सेयर कारोबार भएको छ । तीन अर्ब ७७ करोड ७७ लाख रुपैयाँ बराबर सेयर कारोबार भएको छ ।

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

पर्यटकलाई फरक स्वाद दिलाउन लागि परेको बगैँचा रिसोर्ट, प्रकृतिमै रम्ने प्रकृतिम…

आजदेखि घट्यो डिजेल र पेट्रोलको मूल्य

दुई वटा व्यापारिक फर्ममाथि जरिवाना

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो

शशीला मोटर्सद्वारा बुटवलमा नेपालको सबैभन्दा ठूलो इभी चार्जिङ स्टेशन सञ्चालनमा

प्रतिक्रिया