थपिए १०९६ संक्रमित, १००४ जना संक्रमणमुक्त

काठमाडौँ - नेपालमा मंगलबार थप १ हजार ९६ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार १ सय ४० पिसिआर परिक्षणका क्रममा ९ सय ५७ जना र १ हजार ७ सय ७६ एन्टीजेन परिक्षणका क्रममा १ सय ३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोभिड संक्रमितको संख्या ९ लाख ८६ पुगेको छ । त्यस्तै कोभिडका कारण थप १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३ सय ५ जनाको कोभिडका कारण मृत्यु भएको छ ।
त्यस्तै पछिल्लो चौबिस घण्टामा १ हजार ४ सक्रिय संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ८३ हजार ३ सय ६९ जना निको भएका छन् । हाल ११ हजार ८ सय १५ सक्रिय संक्रमित आइशोलेशन र २२८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया