नेपालमा डेढ करोड बढीले लगाए कोभिडविरुद्धको खोप

काठमाडौँ - नेपालमा कोभिडविरुद्धधको खोप लगाउनेको संख्या डेढ करोड पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ करोड ५० लाख ४८ हजार २८८ जनाले खोप लगाएका छन् । पहिलो डोज ८५ लाख ६२ हजार ३६५ जनाले लगाएका छन् । खोपको दुवै मात्रा पूरा गरेकाहरू ६४ लाख ८५ हजार ९२३ जना छन् ।
कुल जनसंख्याको २८ दशमलव २ प्रतिशतले पहिलो मात्रा लगाएका छन् । दोस्रो मात्रा २१ दशमलव ४ प्रतिशतले कोभिडविरुद्धको खोप लगाएका छन् ।
त्यसैगरी लक्षित उमेर समूह १ करोड ९९ लाख २२ हजार १६४ जनाको ४३ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । दोस्रो मात्रा ३२ दशमलव ६ प्रतिशतले लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारको राष्ट्रिय खोप विकास कार्यक्रम अन्तर्गत २ करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने योजना थियो । जसमध्ये पहिलो मात्रा ३९ दशमलव ४ प्रतिशतले र दोस्रो मात्रा २९ दशमलव ८ प्रतिशतले खोप लगाइसकेका छन् ।
नेपालमा हालसम्म कोभिडविरुद्धको खोप अन्तर्गत भारतको सिरम इन्स्टिच्युट उत्पादित कोभिशिल्ड खोप, अक्सफोर्डबाट उत्पादित अष्ट्राजेनिका, चिनियाँ खोप भेरोसेल र अमेरिकन खोप जोन्सन एण्ड जोन्सन खोप लगाइएको छ । गत वर्ष माघको पहिलो सातादेखि नेपालमा कोभिडविरुद्धको खोप लगाउन थालिएको थियो ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया