सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

संसदीय समितिले सरकारलाई सोध्योः ‘फास्ट ट्रयाक’को अवधि किन लम्बियो ?

काठमाडौंःप्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको काठमाडौं-तराई-मधेस द्रुतमार्ग (फास्ट ट्रयाक)को अवधि तीन वर्ष पथ गरेको विषयमा सरकारसँग जवाफ मागेको छ । समितको बुधबार बसेको बैठकले आयोजनाको अवधि तीन वर्ष थप गर्नुको कारण र आधारहरु समितिमा पेस गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलाई  निर्देशन दिएको छ ।

काठमाडौं-तराई-मधेस द्रुतमार्गका विषयमा समितिले यसअघि दिएका निर्देशनहरुलाई आधार मानेर सरकारसँग जवाफ मागिएको समिति सभापति कल्याणीकुमारी खड्काले जानकारी दिइन् । ‘आयोजनाको समयावधी एकै पटक पुनः ३ वर्ष थपिनुको कारण एवं आधारहरु के के हुन, स्पष्ट रुपमा समितिमा पेस गर्न समिति नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन गर्दछ,’ समितिले दिएको निर्देशनमा भनिएको छ ।

कुनैपनि आयोजना सुरुवात गर्नुपूर्व मुलुकको आर्थिक क्षमता श्रोत साधनलगायतका विविध पक्षहरु आकलन गरेर मात्र राष्ट्रिय गौरवका आयोजनाहरुको सुरुवात गर्नसमेत समितिले सरकारलाई निर्देशन दिएको छ । त्यस्तै ‘फास्ट ट्रयाक’ समयमै पूरा गरेर आम जनताको आकांक्षा र विश्वास  पूरा गर्न र नेपाली सेनाको प्रतिष्ठा कायम राख्नसमेत समितिको निर्देशन छ । 

विपद्सम्बन्धी पूर्वसूचना प्राप्ति र प्रतिकार्यका लागि तयारी अवस्थामा छौँः गृहमन्त्री लेखक

विपद्सम्बन्धी पूर्वसूचना प्राप्ति र प्रतिकार्यका लागि तयारी अवस्थामा छौँः गृहमन्त्र…

प्रभु साहको प्रश्न:  तराई मधेसमा पानीको हाहाकार हुँदा समेत सरकार किन अन्धो भयो ?

प्रभु साहको प्रश्न: तराई मधेसमा पानीको हाहाकार हुँदा समेत सरकार किन अन्धो भ…

संसदीय समितिमा भोटेकोशी बाढी रक्षतिका बारेमा छलफल हुने

संसदीय समितिमा भोटेकोशी बाढी रक्षतिका बारेमा छलफल हुने

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण

'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्यान्वयन गर्नू'

'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्य…

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग