मंगलबार २४ असार, २०८२
Tuesday, July 08, 2025

हराइरहेका दुई बालिका पोखरीमा मृत भेटिए

जनकपुरधाम : शनिबारदेखि बेपत्ता भएका दुई जना बालिका पोखरीमा मृत भेटिएका छन् । धनुषास्थित लक्ष्मीनियाँ गाउँपालिका-१ बस्ने ६ वर्षाे खुशी यादव र ९ वर्षे राधिका यादव शनिबार दिउँसोदेखि सम्पर्क विहिन भएका थिए।

दुई बालिका मध्ये खुशी शनिबार मध्यराति र राधिका आइतबार बिहान घर नजिकैको पोखरीमा मृत अवस्थामा फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार खेल्ने क्रममा ती बालिकाहरु बेपत्ता भएका थिए। 

मृतक दुबै बालिकाको शव पोष्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा पठाई सकिएको प्रहरीले जनाएको छ।