अस्थायी राजधानीमा मुख्य कार्यालय, स्थायी राजधानीमा सम्पर्क कार्यालय !
बुटवल - प्रदेशको स्थायी राजधानी टुंगो लागेको एक वर्षपछि लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको भालुवाङमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गरिएको छ । कार्यालयको मंगलबार मुख्यमन्त्री कूलप्रसाद केसीले उद्घाटन गरेका छन् ।
लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालय स्थापना गरेको छ । सम्पर्क कार्यालयमा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार र जनसम्पर्क सल्लाहकार नियमित बस्ने, हरेक हप्ताको शुक्रबार मुख्यमन्त्री कूलप्रसाद केसी आउने कार्यक्रम तय गरिएको छ ।
यसअघि प्रदेश मन्त्रिपरिषद्को बैठकले राजधानी कार्यान्वयनलाई गति दिन मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्दै मंगलबार राजधानी क्षेत्रमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गरिएको हो ।
हाल देउखुरीमा पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय स्थापना छ । गठबन्धन सरकारले बजेट निर्माण गर्ने क्रममा मन्त्रालयको कामकाज बुटवल मुकामबाट सञ्चालन गरिँदा मन्त्रालय सुनसान थियो तर अब मन्त्रालयमा नियमित कामकाजलाई अघि बढाइने बताइएको छ ।
तिहारपछि आर्थिक मामिला तथा सहकारी मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय स्थापना गर्ने तयारी सरकारले गरेको छ ।

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुँदै, आज एकता घोषणा

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छः महामन्त्री थापा
रास्वपाको हस्ताक्षर अभियान एकसय दिन चल्ने

एमाले सचिवालय बैठक सुरू

'श्रम र उत्पादनमा वाइसिएल अभियान' पार्टीले अघि सारेको 'उत्पादन ब्रिगेड'को निर…

एमाले सचिवालय बैठक बस्दै, विधान मस्यौदामा प्रारम्भिक छलफल हुने

प्रतिक्रिया