भारतमा थपिए १३ हजार कोरोना सङ्क्रमित

भारत- पछिल्लो एक दिनमा भारतमा १३ हजार ५८ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । यो सङ्ख्या २३१ दिनयताको सवभन्दा कम भएको पनि सो मन्त्रालयले जनाएको छ ।
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने १ लाख ८३ हजार ११८ रहेको अधिकारीले जनाएका छन् यो सङ्ख्या २२७ दिन यताको सव भन्दा कम भएको पनि जनाइएको छ । हाल सक्रिय सङ्क्रमित संख्या कूल सङ्क्रमितको ०.५४ प्रतिशत मात्र रहेको मङ्गलबार प्राप्त समाचारमा जनाइएको छ ।
कोरोनाभाइरसको महामारी शुरु भएयता हाल सङ्क्रमणमुक्त दर ९८ः१४ प्रतिशत भएको मन्त्रालयले मङ्गलबार जनाइएको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार भारतमा ५९ करोड ३१ लाख व्यक्तिको कोरोनाभाइरसको परिक्षण भएको छ ।
भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ९८ करोड ६७ लाख डोज खोप लगाइएको पनि सो मन्त्रालय जनाएको छ । (एएनआई)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया