बाढी, पहिरो र डुबानमा परेकाहरूको खोज तथा उद्धारमा निजी हेलिकोप्टर पनि प्रयोग गरिने
काठमाडौँ - सरकारले अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेकाहरूको खोज तथा उद्धारमा निजी हेलिकोप्टर पनि प्रयोग गर्ने भएको छ । अहिलेसम्म नेपाली सेनाको हेलिकोप्टरले मात्रै उद्धार गरिरहेकोमा अपुग हुने देखिएपछि निजी कम्पनीका हेलिकोप्टर पनि प्रयोग गर्न लागिएको हो । मुलुकभर नै निरन्तरको वर्षातपछि आएको बाढी र पहिरो तथा भएको डुबानमा परेकाहरूको खोज तथा उद्धार कार्यका लागि निजी हेलिकोप्टर पनि ‘स्टायण्डबाई’राख्न भनिएको छ ।
गृहमन्त्री बालकृष्ण खाणको समन्वयमा बुधबार बिहान गृहमन्त्रालयमा गृहसचिव टेकनारायण पाण्डे, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, पर्यटन मन्त्रालयका वायु सेवा हेर्ने सहसचिव बुद्धिसागर लामिछाने, निजी वायु सेवा कम्पनीहरूको एसोसिएसनका कार्यकारी निर्देशक कमलेशकुमार वर्मा र गृहमन्त्रालयको शान्ति सुरक्षा महाशाखाका उपसचिव दिलकुमार तामाङसहितको बैठक बसेको थियो । बैठकमा वर्षात् निरन्तर भइरहेको र सेनाको हेलिकोप्टरले मात्रै विपद्मा परेकाहरूको खोज तथा उद्धारमा निजी हेलिकोप्टर प्रयोग गर्ने विषयमा कुरा भएको थियो ।
निजी वायु सेवा कम्पनीहरूको एसोसिएसनका कार्यकारी निर्देशक वर्माले विपद्मा परेकाहरूको खोज तथा उद्धार गर्ने दायित्व आफूहरूको पनि भएको भन्दै सरकारले खोजेमा आफूहरू सेवा दिन तयार रहेको बताएका थिए । उनले बैठकमा निजी वायु सेवा कम्पनीसँग ३५ हेलिकोप्टर भएको जानकारी दिए ।
त्यसपछि बैठकमा ती हेलिकोप्टर कहाँ छन् भन्ने लोकेसन एसोसिएसनले गृहमन्त्रालयलाई उपलब्ध गराउने र गृहले आवश्यकता अनुसार खटाउने सहमति बनेको छ । त्यसको समन्वय गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाले गर्ने सहमति पनि बनेको हो ।
निजी हेलिकोप्टर प्रयोग भएवापतको भुक्तानी गृह मन्त्रालयले दिनेछ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय विपद्को सामना गर्दै नागरिकको जीवन रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए। उनले विपद्मा परेकाहरूको उद्धार गर्न ‘कम्प्रमाइज’ सेवा उपलब्ध गराउन निजी वायु सेवा कम्पनीहरूलाई आग्रह गगरे ।

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

राजदूत रूपाखेतीलाई युक्रेन, बुल्गेरिया र चेक गणतन्त्रको जिम्मेवारी

प्रवक्ताहरूको काम, कर्तव्य र अधिकारसम्बन्धी निर्देशिकाबारे छलफल

सञ्चारमन्त्रीसँग युएइको सेक्युरिटी प्रिन्टिङ प्रेस टिमको छलफल

देशको आवश्यकताअनुसार ठूला दल मिल्यौँ : गृहमन्त्री लेखक

हवाई टिकटको मूल्य घटाउन पहल भइरहेको छः मन्त्री पाण्डे

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्…

प्रतिक्रिया