ओली-दाहालबीच छलफल

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको छ । प्रधानमन्त्री ओलीसँग छलफलका लागि अध्यक्ष दाहाल शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार भेटमा समसामयिक विषयमा छलफल भएको थियो ।
पछिल्लो पटक सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको सन्दर्भमा नै नेकपाभित्र बहस जारी छ । बुधबार बसेको नेकपा स्थायी कमिटीको बैठकले मङ्गलबार जारी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तथा सङ्घीय संसद्को विशेष अधिवेशनको माग राखी पार्टीका सांसदले राष्ट्रपतिसमक्ष दिएको आवेदन दुवै फिर्ता लिने निर्णय गरेको थियो । नेकपा स्थायी कमिटीको अर्को बैठक यही पुस ५ गते बस्नेछ । यस्तै केन्द्रीय कमिटीको बैठक पुस १० मा बस्नेछ ।

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

आज पनि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक भोलि

प्रतिक्रिया