थपिए ६६२ संक्रमित, ७५८ जना संक्रमणमुक्त

काठमाडौँ - नेपालमा बुधबार थप ६ सय ६२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार २२ पीसीआर परिक्षणका क्रममा ५ सय ३५ जना र १ हजार ४ सय ४ एन्टीजेन परिक्षणका क्रममा १ सय २७ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोभिड संक्रमितको संख्या ९ लाख ७ सय ४८ पुगेको छ । त्यस्तै कोभिडका कारण थप १३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३ सय १८ जनाको कोभिडका कारण मृत्यु भएको छ ।
त्यस्तै थप ७५८ जना कोभिडमुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ८४ हजार १ सय ५५ जना निको भएका छन् । हाल ११ हजार ५ सय ७९ सक्रिय संक्रमित आइशोलेशन र २२७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया