अफ्रिकामा कोभिड सङ्क्रमितको सङ्ख्या ८४ लाख बढी

अबाबा, इथियोपिया- अफ्रिकामा बुधवार दिउँसोसम्म पुष्टि भएका कोभिड सङ्क्रमितको सङ्ख्या ८४ लाख ४५ हजार ९१७ पुगेको रोग नियन्त्रण तथा रोकथामका लागि अफ्रिकी केन्द्र (अफ्रिका सीडीसी) ले जानकारी गराएको छ ।
अफ्रिकी संघको विशेष स्वास्थ्य सेवा निकायका अनुसार अफ्रिकामा महामारीबाट मृत्यु हुनेको संख्या २१ लाख छ हजार १३ पुगेको छ भने ७८ लाख २४ हजारभन्दा बढी कोभिड–१९ सङ्क्रमित विरामी निको भइसकेका छन् ।
दक्षिण अफ्रिका, मोरक्को, ट्युनिसिया र इथियोपिया यस महाद्वीपमा कोभिड–१९ सङ्क्रमणका हिसाबले सबैभन्दा धेरै प्रभावित मुलुकहरू हुन् ।
अफ्रिका महादेशभरीमा अहिलेसम्ममा दक्षिण अफ्रिकामा सबैभन्दा बढी २९ लाख १७ हजार २५५ सङ्क्रमित भएको पुष्टि भएको छ भने उत्तरी अफ्रिकी मुलुक मोरक्को दक्षिण अफ्रिकापछि बढी प्रभावित मुलुक हो । मोरक्कोमा बुधबार दिउसोसम्ममा नौ लाख ४२ हजार ७७९ व्यक्ति सङ्क्रमित बनेका छन् ।
सङ्क्रमणका हिसाबले दक्षिणी अफ्रिका कोभिडबाट सबैभन्दा बढी प्रभावित अफ्रिकी मुलुक हो भने त्यसपछि महाद्वीपको उत्तरी र पूर्वी क्षेत्रका देशमा कोभिड–१९ को महामारी बढी देखिएको सीडीसीले जनाएको छ । (एएनआई/सिन्ह्वा)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया