एसिया–प्रशान्त क्षेत्रमा ऊर्जा पहुँच वृद्धि र कार्बन उत्सर्जन न्यूनीकरणमा केन्द्रित

काठमाडौँ– बहुपक्षीय विकास साझेदार एसियाली विकास बैंक (एडीबी) को मुख्यालयले नयाँ ऊर्जा नीति सार्वजनिक गरेको छ । जसमा विश्वव्यापी रूपमा विश्वसनीय र सुलभ ऊर्जाको पहुँच वृद्धि गर्ने र एसिया तथा प्रशान्त क्षेत्रमा पूर्ण रूपमा हरित, स्वच्छ र नवीकरणीय ऊर्जाको पहुँच विस्तार अघिको संक्रमणकालीन अवधिमा पनि ऊर्जा उपभोगका लागि गरिने कार्बन उत्सर्जन न्यूनीकरण गर्ने उल्लेख छ ।
उक्त नीति सार्वजनिक गर्दै एडीबीका अध्यक्ष मासात्सु आसाकावाले समावेशी आर्थिक–सामाजिक विकासका लागि ऊर्जा प्रमुख स्रोत भएको भन्दै ऊर्जा उत्पादन प्रणालीमा निहीत जलवायु प्रतिकूल प्रणालीलाई रूपान्तरण गर्दै हरित, स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादन र उपभोगका लागि एसिया–प्रशान्त क्षेत्रका विकासशील राष्ट्रहरूलाई प्रोत्साहीत गर्ने बताए ।
‘एडीबीको नयाँ ऊर्जा नीतिले विकासशील देशहरूका लागि स्वच्छ, विश्वसनीय ऊर्जा सुलभ रूपमा आपूर्ति गर्न सहयोग पुर्याउने उद्देश्य लिएको छ,’ उनले भनेका छन्, ‘यो नीतिले एडीबीलाई ऊर्जाका लागि वातावरण र जलवायु प्रतिकूल कोइलाजन्य परियोजनामा लगानी गर्नबाट पनि बन्देज गरेको छ ।’ एडीबीले लगत्तै अघि सन् २०३० सम्म जलवायु परिवर्तन न्यूनीकरण र अनुकुलनमा केन्द्रित परियोजना र कार्यक्रममा आफूले १०० अर्ब अमेरिकी डलर लगानी गर्ने र सन् २०१९ यता अहिलेसम्म १७ अर्ब अमेरिकी डलर लगानी गरेको उल्लेख गरेको छ । एडीबीका अध्यक्ष आसाकावाले यसलाई वातावरण अनुकुल र दीर्घकालीन भविष्यको ऊर्जा उत्पादन र उपभोगको मूलबाटो भनेका छन् ।
विकासशील एसिया–प्रशान्त क्षेत्रमा ऊर्जामा पहुँच तीव्र रूपमा बढेको छ । यद्यपि यस क्षेत्रमा ३५ करोड जनसंख्यामा पर्याप्त ऊर्जा आपूर्ति हुन सकेको छैन भने १५ करोडमा अझै पनि विद्युत् पहुँच पुग्न सकेको छैन ।
नेपालजस्ता गरिब र जलवायु परिवर्तनका दृष्टिले जोखिमयुक्त मुलुकहरूमा कार्बन उत्सर्जन न्यूनीकरण गर्दै नवीकरणीय, विश्वसनीय र सुलभ ऊर्जाको पहुँच विस्तार गरी जलवायु परिवर्तनका प्रभावप्रतिको उत्थानशीलता र समावेशी विकासको आधारशीला तयार गर्ने एडीबीले जनाएको छ ।
आर्थिक वृद्धिको स्थायित्व र सहरीकरणका लागि सुलभ र विश्सनीय ऊर्जा आपूर्तिको प्रबन्ध गर्नुपर्ने भन्दै एसिया–प्रशान्त क्षेत्रमा उल्लेख्य ऊर्जा उत्पादन क्षमता बढाउनुपर्ने एडीबीले उल्लेख गरेको छ । यसका लागि, अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले यस क्षेत्रको ऊर्जा उत्पादन क्षमता हरेक वर्ष ७ प्रतिशतले बढाउन सकिने सुझाव दिएको छ । सन् २०१९ मा ३ हजार ३ सय ८६ गिगावाटबाट सन् २०३० सम्म ६ हजार १ सय १३ गिगावाट ऊर्जा उत्पादन गर्न सकिने प्रक्षेपण रहेको छ । सन् २०३० सम्म नवीकरणीय ऊर्जा उत्पादनका लागि एसिया–प्रशान्त क्षेत्रमा प्रतिवर्ष १३ खर्ब अमेरिकी डलर लगानी हुनसक्ने अनुमान छ । अघिल्लो दशकभन्दा यो दशकमा लगानी दोब्बर हुने एडीबीको प्रक्षेपण छ ।
एडीबीको ऊर्जा नीति पाँच खम्बे सिद्धान्तमा आधारित छ । एसिया–प्रशान्त क्षेत्रको समृद्धिका लागि ऊर्जाको सुनिश्चितता (ऊर्जा सुरक्षा), विकासशील देशहरूका लागि भविष्यका लागि दीगो र उत्थानशील ऊर्जा उत्पादन र उपभोगको प्रबन्ध गर्ने, उद्देश्य अनुसारको ऊर्जा उत्पादन र वितरणको प्रबन्ध गर्न निजी क्षेत्रको सहभागिता अभिवृद्धि साथै सुशासन र संस्थागत सहयोगलाई प्राथमिकता दिने, ऊर्जा पहुँच अभिवृद्धि तथा ऊर्जा सुरक्षाका लागि क्षेत्रीय सहयोग र एकतालाई प्रवर्धन गर्ने, तथा विकासको तुलनात्मक प्रभाव वृद्धि गर्न अन्तरक्षेत्रीय एकीकृत सञ्चालन विधि तय गर्ने पाँच सिद्धान्त एडीबीको नयाँ ऊर्जा नीतिमा समावेश छ । त्यसमा लागि वित्तीय लगानीका साथै ज्ञान, साझेदारी र केन्द्रीकृत पहल, एकीकृत प्रणालीहरूकाे बृहत्तर विकास प्रभावलाई मध्यनजर गरि परियोजना र कार्यक्रमहरू अघि बढाइने एडीबीले उल्लेख गरेको छ ।
नेपालजस्ता गरिब र जलवायु परिवर्तनका दृष्टिले जोखिमयुक्त मुलुकहरूमा कार्बन उत्सर्जन न्यूनीकरण गर्दै नवीकरणीय, विश्वसनीय र सुलभ ऊर्जाको पहुँच विस्तार गरी जलवायु परिवर्तनका प्रभावप्रतिको उत्थानशीलता र समावेशी विकासको आधारशीला तयार गर्ने एडीबीले जनाएको छ । एडीबीले सन् २००९ देखि सन् २०२० सम्म एसिया–प्रशान्त क्षेत्रको ऊर्जा विकासका लागि ४२ अर्ब अमेरिकी डलर लगानी गरेको छ । त्यस्तै, आगामी दिनमा एडीबीले सञ्चालन गर्ने ७५ प्रतिशत परियोजना र कार्यक्रम जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र अनुकुलनमा केन्द्रित हुने बताइएको छ ।

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया