विपी प्रतिष्ठानका पदाधिकारी हटाउन समिति गठन

काठमाडौँ - सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी हटाउन समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको अध्यक्षतामा तीन सदसीय छानबिन समिति गठन गरेको हो ।
बुधबार मन्त्रालयले मन्त्री विरोध खतिवडाको अध्यक्षतामा स्वास्थ्य सचिव र धरान उपमहानगरपालिकाका प्रमुख सदस्य रहेको तीन सदसीय समिति गठन गरेको हो ।
समितिले २१ दिन भित्र प्रतिवेदन बुझाइसक्नुपर्ने मन्त्री खतिवडाले इकागजले जानकारी दिए । प्रतिष्ठानको सिनेट सदस्यको २५ प्रतिशत सदस्यले पदाधिकारी हटाउन सक्ने व्यवस्था रहेको छ ।
प्रतिष्ठानमा भ्रष्ट्राचार तथा अनियमितता बढेको भन्दै स्वास्थ्यकर्मी तथा कर्मचारीले सय दिनभन्दा बढी आन्दोलन गरेका थिए । उपकुलपति डा. ज्ञानेन्द्र गिरीको नक्कली प्रमाणपत्र पेश गरेका थिए । पछिल्लो समय मादक पदार्थ सेवन गरी गिरी कार्यालयमा गएका थिए ।

प्रत्यारोपणमा प्रयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न मन्त्रालयको परिपत्र

बिरामीको चाप बढेपछि क्यान्सर अस्पतालमा थपियो ‘फार्मेसी’

गर्मीमा म्याङ्गो शेक पिउनुहोस, ३०० क्यालोरी पाउनुहोस्

नेपालमै पहिलोपटक लिङ्ग परिवर्तनको सफल शल्यक्रिया
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण

नेशनल बाथरोग सेन्टरले मनायो १२औँ वार्षिकोत्सव, पाँच लाखभन्दा बढी बिरामीलाई स…

प्रतिक्रिया