नेतृत्वले मूल्य-मान्यताविपरीत काम गरेकाले पार्टी कमजोर भयो : प्रकाशमान सिंह

काठमाडौँ - नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्वले मूल्य-मान्यताविपरीत काम गरेकाले पार्टी कमजोर भएको बताएका छन् । बिहीबार धादिङमा कांग्रेस धुनिबेसी नगर समितिको कार्यालय उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले १३औं महाधिवेशनपछि पार्टीको नेतृत्वले विधि, पद्धति र मूल्यमान्यता पालना गर्न नसक्दा पार्टी कमजोर भएको बताएका हुन् ।
उनले विधिसम्वत् र संस्थागत रूपमा पार्टीलाई अगाडि बढाउन सक्षम नेतृत्वको आवश्यकता रहेको बताए । पार्टीका सिनियर नेताहरूलाई सम्मान गर्ने तर अवसर पाउँदा पनि काम गर्न नसक्नेलाई नेतृत्व सुम्पिन नहुने उनको भनाइ थियो । साथै उनले पार्टीको आसन्न १४औं महाधिवेशन कुनै पनि हालतमा तोकिएकै मितिमा हुनुपर्ने बताए ।
‘महाधिवेशन कुनै पनि हालतमा तोकिएकै मितिमा गर्नु पर्दछ । क्रियाशील सदस्यता विधि र पद्धति अनुसार वितरण हुनुपर्छ,’ उनले भने, 'यसअघिको सहमतिअनुसार नै पार्टीको अधिवेशनअगाडि बढाउनु पर्दछ । यसमा नेतृत्वले ध्यान दिन जरुरी छ ।’

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया