प्रधानमन्त्री निर्वाचितपछि दाहाललाई भेट्न पहिलो पटक खुमलटार जाँदै ओली

काठमाडौं : नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई फकाउन प्रधानमन्त्री केपी शर्मा ओली खुमलटार जाँदैछन् । सत्तारुढ नेकपामा विवादले उग्र रुप लिएपछि दाहाललाई फकाउन ओली दाहाल निवास खुमलटार जान लागेका हुन् । दाहालका प्रेस संयोजक विष्णु सापकोटाले प्रधानमन्त्री ओली केही बेरमा खुमलटार आउन लागेको नेकपाका नेता सुवास नेम्वाङले जानकारी गराएको बताए ।
ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक दाहाललाई भेट्न खुमलटार जान लागेका हुन् । दाहाललाई भेट्न ओली खुमलटार जान लागेकोलाई नेपाली राजनीतिलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्री खुमलटार जान लागेकाले सो क्षेत्रमा सुरक्षाकर्मी पहिलोको तुलनामा बढी खटिएका छन् ।
शुक्रबार दिउँसो दाहाल-माधवकुमार नेपाल समूहले जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा प्रदेश १ का आफूनिकट जिल्ला अध्यक्ष, सचिव र केन्द्रीय सदस्यहरूको भेला गरेका थिए । उक्त भेलाले एकाधिकार र सर्वसत्तावादविरुद्ध डटेर लड्ने निष्कर्ष निकालेको थियो । भेलामा नेकपाका अध्यक्ष दाहालले आफूहरूले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई निषेध नभई नियन्त्रण गरेर जान खोजेको बताएका थिए । अध्यक्ष दाहाललले आफूहरूले ल्याएको प्रतिवेदनमा प्रवृत्तिगत कुरा मुख्य भएको बताएका थिए ।
भेला सकिएपछि शुक्रबार साँझ प्रधानमन्त्री ओलीलाई भेट्न दाहाल बालुवाटार गएका थिए ।

राष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आव्हान

शिक्षकको माग सम्बोधन गर्न संसद्को अधिवेशन वैशाख १२ गते आह्वान गर्न सिफारिस

शिक्षकका माग सम्बोधन गर्न सरकार तयार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

‘सङ्घीयताको प्रभावकारी कार्यान्वयन नहुँदा काम गर्न अप्ठेरो’

सहकारीका समस्याबारे राष्ट्रपतिको चासो

कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक

प्रतिक्रिया