नेपाललाई भुटानी ढाँचामा लैजान ढिला भएको भन्ने रेको पुस्तकमाथि काठमाडौँमा बहस !
हाम्रा परराष्ट्र मन्त्रालयकाले पुस्तक पढ्न नभ्याएका हुन त ?

काठमाडौँ - आगामी साता नेपालबारे भारतका कूटनीतिज्ञले लेखेको पुस्तकको बहस हुने भएछ । उक्त पुस्तकको बहसमा दूतावास आफैँ संलग्न रहने भएको छ । नेपाल-भारत मैत्री समाजको सक्रियतामा उक्त कार्य हुन लागेको हो । उक्त पुस्तकले यसअघि नै नेपाल किन भुटानीकरण नहुने भन्ने वाक्यांशले विरोध भइरहेको अवस्थामा पुनः बहस हुन लागेको हो ।
रणजीत राय वा रञ्जित रे जे भनिए पनि नेपालमा संविधान जारी हुँदा उनै राजदूत थिए । त्यतिबेला भारतले नेपाललाई लामो नाकाबन्दी लगाएको थियो । तर, उनले त्यसको बचाउ पुस्तकमा गरेका छन् । उनी नेपाल आउँदै छन् । यहाँ रहँदा उनले राजनीतिक दलका नेताहरुसँग भेट्ने पुस्तक बहस गर्ने जस्ता कार्य राखेका छन् ।
रेको भोजका लागि समाजले अधिकांशलाई निम्ता गरिसकेको छ । भारतीय दूतावासले पनि छुट्टै निम्ता गरेको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको सक्रियतामा नै यो बहस यहाँ हुन लागेको हो । चीसो कूटनीतिका लागि माहिर मानिने क्वात्रा यतिबेला भित्री रुपमा सक्रिय छन् ।
नेपालको सार्वभौमिकताबारे नै प्रश्न उठाएको पुस्तकको बारेमा यसरी काठमाडौँमा बहस गराउनु सामान्य विषय होइन । यसलाई सामान्य ढंगले लिन नमिल्ने बताइएको छ । अग्रज पत्रकार एवं कूटनीतिक मामिलामा दख्खल राख्ने ध्रुवहरि अधिकारीले ट्विटमा नै लेखेका छन्, ‘नेपाल-भारत सम्बन्धबारेको रणजीत रायको अङ्ग्रेजी पुस्तकः सम्बन्धलाई भुटानको ढाँचामा लैजान ढिलो भएकोमा आश्चर्य जनाइएको छ (पृष्ठ १२९,२१४)। अरू तपसीलका कुरा ।’
नेपाल-भारत सम्बन्धबारेको रणजीत रायको अङ्ग्रेजी पुस्तकः सम्बन्धलाई भुटानको ढाँचामा लैजान ढिलो भएकोमा आश्चर्य जनाइएको छ (पृष्ठ १२९,२१४)। अरू तपसीलका कुरा।
— Dhruba H. Adhikary (@dhrubahari) October 10, 2021
नेपालको विश्वछवि यस्तो 'ढाँचा'मा अट्दैन--यो सही मूल्याङ्कन प्रो.लोकराज बरालको शनिवार प्रकाशित लेखमा आएको छ।
राय र बराल दुबै+
पत्रकार अधिकारीले यस्ता विषयमा जोड गरिएको पुस्तकलाई खोजी खोजी पढ्नुको अर्थ नहुने बताएका छन् । उनले आफ्नो ट्वीटरमा पूर्व राजदूत लोकराज बराल नेपालको विश्वछवि यस्तो अर्थात् भुटानी ‘ढाँचा’मा अट्दैन-यो सही मूल्याङ्कन प्रो.लोकराज बरालको शनिवार प्रकाशित लेखमा आएको कुरा पनि उल्लेख गरेका छन् ।
त्यही पुस्तकको बहस काठमाडौँमा हुुनुले फरक अर्थ राख्ने भन्दै यस्ता विषयमा हाम्रा कूटनीतिक निकाय कत्तिको चनाखो छ भन्ने तर्फ पनि अंकित गर्न आवश्यक छ । पुस्तक आएको यतिका दिन बितिसक्दा एक शब्द पनि यहाँका कूटनीतिज्ञले लेख्ने जमर्को नगरिरहेको अवस्था छ । रे को पुस्तक भारतको वर्तमान गतिविधिलाई नै सहायक हुने गरी आएको भनिरहँदा त्यही विषयमा बहस हुनु र परराष्ट्र मन्त्रालय टुलुटुलु हेरेर बस्नु आफैँमा अर्थपूर्ण छ ।
हुन त, परराष्ट्रका अधिकारीले राजदूतका लागि नेताकोमा पुग्ने कि त्यो पुस्तक पढेर नेपालको राष्ट्रियतामा के कस्तो प्रहार गरेको हो विश्लेषण गर्ने भन्ने प्राथमिकता चयन नहुँदा पनि त्यो जानकारी नभएको हुनसक्छ । नेपालकै सार्वभौमिकतामाथि प्रश्न गरेको पुस्तकका लेखकसँग को को पुग्छन् र बहस गर्छन् त्यो हेर्नुपर्ने हुन्छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया