इन्स्टाग्राममा अब डेस्कटपबाट पनि फोटो अपडेट गर्ने सुविधा

काठमाडौँ- इन्स्टाग्रामले डेस्कटपबाट समेत फोटो अपलोड सुविधा दिने भएको छ । यसअघि प्रयोगकर्ताले डेस्कटपबाट फोटो अपलोड सुविधा दिएको थिएन । प्रयोगकर्ताको अत्यधिक गुनासो गरेपछि इन्स्टाले अब भने डेस्कटपबाट समेत फोटो अपडेट सुविधा दिने भएको छ ।
हाल इन्स्टाग्रामको डेस्कटप भर्सनमा अन्य प्रयोगकर्ताको फोटो हेर्ने र लाइक तथा कमेन्ट गर्ने जस्ता सामान्य विशेषता बाहेक अन्य कुरा देखिदैंन । अब भने डेस्कटप भर्सनको सुधारमा इन्स्टाग्राम देखिएको छ ।
युवापुस्तामाझ अत्यधिक लोकप्रिय रहेको इन्स्टाग्राम फोटो तथा भिडियो अपलोड गर्ने तथा भिडियो लाइभ गर्न मिल्ने सुविधा रहेको छ । डेस्कटपबाट फोटो अपलोड सुविधा अक्टोवर २१ बाट 'रोलआउट' गर्ने र केही समयमा सबै प्रयोगकर्ताको अकाउण्टमा उपलब्ध हुने जनाएको छ ।

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

प्रतिक्रिया