एनएसजेएफ स्पोर्टस अवार्डको ‘पिपुल्स च्वाइस’ मनोनयन सार्वजनिक

काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक वर्ष आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको ‘पिपुल्स च्वाइस’ विधामा मनोनयनमा पर्ने खेलाडीको सूचि सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मलेन आयोजना गरी सार्वजानिक गरिएको मनोनयनमा महिला खेलाडीको बर्चश्व छ । मनोनयनमा पर्न सफल पाँच खेलाडीमध्ये चार महिला छन् ।
मञ्चले आउँदो पुस २८ मा अर्वाडको यस वर्षको संस्करण आयोजना गर्दैछ । गत वर्षको प्रदर्शनका आधारमा कुल १० विधामा खेलाडी तथा खेलकर्मीलाई सम्मानित गरिनेछ । त्यसका लागि ‘पिपुल्स च्वाइस’ विधामा मनोनयनमा पर्ने खेलाडीको सूची सार्वजानिक गएिको हो ।
शुक्रबार सार्वजानिक गरिएको सूची अनुसार पौडीबाज गौरीका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी अरुणा शाही र बास्केटबलकी सदिना श्रेष्ठ मनोनयनमा परेकी छिन् । नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर भण्डारी गत वर्ष पनि मनोनयनमा परेकी थिइन् । गत वर्ष नेपालमै आयोजित दक्षिण एसियाली खेलकुद (साग) मा गरेको प्रदर्शनका आधारमा खेलाडी मनोनयनमा परेको मञ्चको भनाई छ ।
‘पिपुल्स च्वाइस’ विधाको मनोनयनमा परेका खेलाडीलाई विजेता बनाउन ईसेवा मार्फत मतदान गर्न सकिनेछ मञ्चका महासचिव प्रज्जवल ओलीले जानकारी दिए । ईसेवा मार्फत गरिएको मतदान बाहेक, फेसबुक लाईक, नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यहरुको मत र राष्ट्रिय खेल संघका मुख्यप्रशिक्षकले हालेको भोटका आधारमा विजेता घोषणा गरिनेछ । गत वर्ष भलिबली रेश्मा भण्डारीले यो अर्वाड हात पारेकी थिइन् ।
मतदान शुक्रबारबाटै सुरु भएको र पुस २७ गते राती १२ बजेसम्म खुला रहने महासचिव ओलीले बताए । कोभिड-१९महामारीका कारण सेमिभर्चुअल माध्यमबाट हुन लागेको अवार्डमा ‘पिपुल्स च्वाइस’ बाहेक वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक लगायतका अन्य नौ विधामा पनि खेलाडी र खेलकर्मीलाई सम्मान गरिनेछ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया