बाढीका कारण सुनसरीमा धानबालीमा ठूलो क्षति

सुनसरी - अविरल बर्षासँगै आएको बाढीका कारणले सुनसरीमा धानबालीमा ठूलो क्षति भएको छ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको धरान, इटहरी, रामधुनी, बराहक्षेत्र, कोसी, भोक्राहा नरसिंह, हरिनगर, देवनागञ्ज, वर्जु, गढी र दुहवीलगायतका क्षेत्रमा लगाएको धानबालीसहित तरकारी बालीमा पनि ठूलो क्षति भएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीले जनाएको छ ।
जिल्लामा करिब २० हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति भएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख नुनुलाल उरावले जानकारी दिए । जिल्लामा मुख्यरूपमा धानबाली, माछापालन र लहरे तरकारी बालीमा गरी रु २० करोडभन्दा बढीको क्षति भएको उनले जानकारी दिए ।
लहरे तरकारी, केरा, उखु, काउलीसहितका तीन हजार हेक्टरभन्दा बढी क्षेत्र डुबानमा परी नष्ट भएको उनले जानकारी दिए । बाढीपहिरो र डुबानले जिल्लाको धरान, इटहरी, रामधुनी, इनरुवा, बराहक्षेत्र, कोसी, भोक्राहा नरसिंह, हरिनगर, देवनागञ्ज, वर्जु, गढी र दुहवीलगायतका क्षेत्रमा लगाएको तरकारी बालीमा समेत क्षति भएको कृषि ज्ञानकेन्द्रका प्रमुख उरावले जानकारी दिए । रासस

गण्डक नहरबाट पर्याप्त पानी उपलब्ध नहुँदा रोपाइँ गर्न समस्या

जुम्लामा चट्याङबाट १९७ भेडा मरे

टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो

किसानलाई रु ३६ करोड ३९ लाखको रासायनिक मल बिक्री
कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

बागलुङका पाँच किसान पुरस्कृत

प्रतिक्रिया