बुधबार १० बैशाख, २०८२
Wednesday, April 23, 2025

अर्थपुर्ण रुपमा हेरिएको ओली-दाहालबीच खुमलटारमा छलफल सुरु

खुमलटारमा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्‍पकमल दाहालबीच छलफल । तस्बिर : प्रधानमन्त्रीको सचिवालय


काठमाडौं : नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच छलफल सुरु भएको । नेकपाभित्र विवाद चर्किएको बेला दहालसँग छलफल गर्न ओली खुमलटार पुगेका थिए ।

ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक दाहाललाई भेट्‍न गएका हुन् । दाहाल-ओलीको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

शुक्रबार दिउँसो दाहाल-माधवकुमार नेपाल समूहले जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा प्रदेश १ का आफूनिकट जिल्ला अध्यक्ष, सचिव र केन्द्रीय सदस्यहरूको भेला गरेका थिए ।

उक्त भेलाले एकाधिकार र सर्वसत्तावादविरुद्ध डटेर लड्ने निष्कर्ष निकालेको थियो । भेलामा नेकपाका अध्यक्ष दाहालले आफूहरूले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई निषेध नभई नियन्त्रण गरेर जान खोजेको बताएका थिए । अध्यक्ष दाहाललले आफूहरूले ल्याएको प्रतिवेदनमा प्रवृत्तिगत कुरा मुख्य भएको बताएका थिए । भेला सकिएपछि शुक्रबार साँझ प्रधानमन्त्री ओलीलाई भेट्‍न दाहाल बालुवाटार गएका थिए ।

र, यो पनि
- प्रधानमन्त्री निर्वाचितपछि दाहाललाई भेट्‍न पहिलो पटक खुमलटार जाँदै ओली