आइफोन-१३ को बुकिङ खुल्यो, मूल्य २ लाख ७५ हजार

काठमाडौँ - नेपाली बजारमा एप्पलको पछिल्लो उत्पादन आईफोन-१३ सिरिजको प्रि-बुकिङ खुलेकाे छ । एप्पलको आधिकारिक बिक्रेता जेनेरेशन नेक्स्ट कम्युनिकेशनले आईफोन १३ का चार मोडलका विभिन्न १४ स्टोरेज भेरियन्टमा प्रि-बुकिङ खुल्ला गरेको हो ।
आइफोन किन्न चाहानेले आईएमई-पे वालेटमार्फत आफूले चाहेको आईफोन मोडल प्रि-बुक गर्न सक्नेछन् । प्रि-बुक गरेका ग्राहकका लागि कम्पनीले आउदो कात्तिक १२ देखि आईफोन डेलिभरी गर्ने जानकारी दिएको छ ।
साथै कम्पनीले आईफोन अर्डर गर्ने ग्राहकलाई ३० हजार मूल्य बराबरको विभिन्न अफर उपलब्ध गराउने घोषणा समेत गरेको छ । त्यस्तै कम्पनीले एक वर्षका लागि निःशुल्क ब्रेकेज इन्स्योरेन्स सुविधा र सबै मोडलमा एक वर्षको वारेन्टी प्रदानसमेत गरेको छ ।
कुन मोडलको मूल्य कति ?
आइफोन मोडल | क्षमता | मूल्य |
आईफोन १३ मिनी | १२८जीबी | १,२०,९०० |
आईफोन १३ मिनी | २५६ जीबी | १,३७,९०० |
आईफोन १३ मिनी | ५१२ जीबी | १,७१,९०० |
आईफोन १३ | १२८ जीबी | १,३७,९०० |
आईफोन १३ | २५६ जीबी | १,५४,९०० |
आईफोन १३ | ५१२ जीबी | १,८९,९०० |
आईफोन १३ प्रो | १२८ जीबी | १,७४,९०० |
आईफोन १३ प्रो | २५६ जीबी | १,८९,९०० |
आईफोन १३ प्रो | ५१२ जीबी | २,२४,९०० |
आईफोन १३ प्रो | १ टीबी | २,५५,९९० |
आईफोन १३ प्रो म्याक्स | १२८ जीबी | १,८९,९०० |
आईफोन १३ प्रो म्याक्स | २५६ जीबी | २,०५,९०० |
आईफोन १३ प्रो म्याक्स | ५१२ जीबी | २,३९,९९० |
आईफोन १३ प्रो म्याक्स | १ टीबी | २,७४,९९० |

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

प्रतिक्रिया