अनुपम खेरले नेपालमा भेटे बलिउड को–एक्टर जो छिन् अहिले नेपालमा राजदूत

काठमाडौँ - बलिउड फिल्म ‘उँचाइ’को छायांकनका लागि अनुपम खेर यतिबेला नेपालमा छन् । अक्टोबर ४ देखि नेपालमा सुटिङ गरिरहेको बलिउड फिल्मको टोलीमा वोमन इरानी, परिनिती चोपडा आदि कलाकार पनि छन् ।
तर, सामाजिक सञ्जालमा सबैभन्दा सक्रिय छन् अनुपम खेर । आएको भोलिपल्ट नै पशुपतिमा देखिएका उनले त्यसयता नेपालमा रहँदाका हरेक गतिविधिलाई सञ्जालमा बाँड्दै आएका छन् ।
दुई दिनअघि मात्र खेर नाम्चेको सेड्युल सकाएर काठमाडौँ फर्किएका थिए । सगरमाथाको फेद नाम्चेबाट हेलिकप्टरमा फर्किएका उनले सो क्रममा खिचेको साँगाको शिवजीको मूर्तिको भिडियो यतिबेला सञ्जालमा लोकप्रिय छ ।
काठमाडौँ आएपछि पनि खेर चुप छैनन् । उनले बिहीबार ट्ववीटरमा एउटा पोस्ट सेयर गरेका छन् जहाँ उनले आफ्नो अभिनय यात्राको सुरुवाती दिनका एक जना को–स्टार भेटेको उल्लेख गरेका छन् ।
‘जीवन सन्ध्या’ नामको फिल्म गर्दा खेरसँगै काम गर्ने कलाकार हुन् अष्ट्रेलियन भेलिसिटी भक । भेलिसिटी १९ वर्षको हुँदा उनले सो फिल्ममा काम गरेकी थिइन् । तर रमाइलो संयोग के भने यिनै भेलिसिटी यतिबेला नेपालका लागि अष्ट्रेलियन राजदूत छिन् ।
खेरले पोस्टमा यो संयोग उल्लेख गर्दै उनी दुई पुस्तकको लेखक भएकोसमेत बताएका छन् । जवाफमा भेलिसिटीले पनि यसलाई प्रकृतिको नियम मान्दै वर्षौपछि फेरि भेटिएको भन्दै अनुपम खेरलाई प्रतिभाशाली र मायालु मानिसको रुपमा सम्झना गरेकी छिन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया