साम्राज्ञीको गीत चलाउन नयाँ फण्डा, गीतमा टिकटक बनाउनेलाई १ लाख पुरस्कार

काठमाडौँ - ट्रि इन्टरटेन्मेन्टले निर्माण गरेको ‘माया पिरेम’ बोलको गीतमा टिकटक बनाउनेलाई ८ हजारदेखि १ लाखसम्म पुरस्कार दिने निर्माणपक्षले बताएको छ । हालसम्म २० लाख भन्दा बढी दर्शक पाएको यो गीतका क्लिपहरु ट्रि इन्टरटेन्मेन्ट नामक टिकटक एकाउन्टमा राखिएको छ ।
आयोजक ट्रि इन्टरटेन्मेन्टले कात्तिक २२ गतेसम्म टिकटक बनाउन सकिने बताएको छ ।आयोजकले दिएको ह्यास्टट्यागहरु प्रयोग गर्दै टिकटक बनाउन सकिनेछ । यो प्रतियोगिताको विजेताले १ लाख पुरस्कार पाउनेछन् । यस्तै, दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले ३५ हजार, चौथो हुनेले २५ हजार, पाँचौ हुनेले २० हजार, छैटौ हुनेले १५ हजार, सातौ हुनेले १२ हजार, आठौ हुनेले १० हजार, नवौं हुनेले ८ हजार र दशौं हुनेले ६ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
माइकल चन्दले निर्देशन गरेको यो गीतको भिडियोमा देलविस दर्शनधारी र राज तुम्बाहाम्फेको साथमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र मोडल अलिसा शर्माको अभिनय छ ।डीपी खनालको शब्द, शंकर स्माइलको संगीत रहेको गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर छ । उत्सव दाहालको छायांकन रहेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् ।

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

श्रीमान् र सन्तानलाई छाडेर वैदेशिक रोजगारीमा जाने महिलाको पीडा गीतमार्फत

प्रतिक्रिया