बाढीले नोक्सानी व्यहोरेका किसानलाई वडाध्यक्षले धान दिने

जनकपुरधाम - कात्तिक १ र २ गते भएको अविरल बर्षाले धानबालीमा क्षति पुगेका किसानलाई सहयोग गर्न तीनवटै तहका सरकार सहयोग नगरेपछि जनकपुरधाम उपमहानगरपालिका १ का वडाध्यक्षले अघि बढाएका छन् । शुक्रबार एक पत्रकार सम्मेलन आयोजना गरी वडाध्यक्ष शत्रुध्न साहले आफ्नो वडामा वर्षाले नष्ट भएका धानबालीका किसानलाई क्षतिपूर्ति स्वरुपप्रति कट्ठा एक मन धान उपलब्ध गराउने घोषणा गरे ।
उनले भने, ‘संघ सरकार मानवीय क्षतिमा केन्द्रित भएका, प्रदेश र स्थानीय सरकारले कुनै चासो नै नदेखाएपछि वर्षाले मार्कामा परेका किसानलाई हेर्न कोही नभएपछि आफ्नो निजी खर्चमा किसानहरुलाई राहतस्वरुप धान नै उपलब्ध गराउनेछु ।’ उनले यसअघि कोभिड महामारीका बेला जारी लकडाउनले प्रभावित दलित विपन्न परिवारहरुलाई लकडाउन अवधिभर निशुल्क खाना खुवाएका थिए ।

गण्डक नहरबाट पर्याप्त पानी उपलब्ध नहुँदा रोपाइँ गर्न समस्या

जुम्लामा चट्याङबाट १९७ भेडा मरे

टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो

किसानलाई रु ३६ करोड ३९ लाखको रासायनिक मल बिक्री
कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

बागलुङका पाँच किसान पुरस्कृत

प्रतिक्रिया