बिहीबार २९ जेठ, २०८२
Thursday, June 12, 2025

सुदूरपश्चिममा विपद्‍बाट मृत्यु हुनेको संख्या ३३ पुग्यो

फाइल फोटो

कैलाली – सुदूरपश्चिममा बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । गत असोज ३१ गतेदेखिको वर्षासँगै आएको बाढी, पहिरोका कारण आजसम्म प्रदेशभर ३३ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

विपद्बाट सबैभन्दा बढी डोटीमा मानवीय क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। जसमा डोटीमा १६ जना, बझाङमा नौ जना, बैतडीमा चार, डडेलधुरामा तीन र कैलालीमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

यसैगरी प्रदेशमा बाढी, पहिरोका कारण २२ जना अझै बेपत्ता छन्। बेपत्ता हुनेमा बझाङका २० जना, बैतडीका १ जना, र कैलालीका १ जना रहेका छन्। त्यस्तै, प्राकृतिक विपदबाट परी १७ जना घाइते छन्। डोटीमा ११, डडेलधुरामा दुई, बैतडीमा दुई र बझाङ र बाजुरमा एकरएक जना घाइते भएको प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।