पहिरोले डडेल्धुरा-दीपायल सडक अवरुद्ध, भीरबाट हिँड्न थाले यात्रु
कैलाली - अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण पाँच दिनदेखि अवरुद्ध डडेल्धुराको स्याउले–दीपायल जोड्ने डाक्टर केआइसिंह सडक सञ्चालनमा आउन अझै केही दिन लाग्ने भएको छ । डडेल्धुरा–दीपायल जोड्ने डाक्टर केआइसिंह सडकको गन्यापधुरा गाउँपालिका २ रडुवा सरियामा पहिरोले करिब २ सय मिटर सडक भत्काएपछि आवागमनमा ठप्प भएको हो ।
डडेल्धुरा–दीपायल जोड्ने डाक्टर केआइसिंह मार्गमा बाढी र पहिरोले पुर्याएको क्षति तत्काल मर्मत संभार गर्न संभव नभएका कारण डडेल्धुरासंग सडक मार्गबाट जोडिन डोटी, अछाम र बाजुरालाई अझै केही दिन लाग्ने जिल्ला प्रशासन कार्यालय डडेल्धुुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।
उनले डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका २ रडुवामा सडक नै भासिएका कारण सवारीसाधन र पैदल यात्रुहरु समेतलाई हिडडुल गर्न समस्या भएको बताउदै सडक डिभिजन कार्यालयलाई छिटोभन्दा छिटो सडक संचालन गर्न निर्देशन दिएको बताए ।
गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवल बहादुर मल्लले डोटी तिरबाट सकायल सम्म सडक क्लियर भैसकेको बताउदै बाटो भत्किएको स्थान रडुवासम्म स्काइभेटर पुर्याउनै समस्या भैरहेको बताए ।
डोटी लगायत अछाम हुँदै बाजुरासम्म यात्रामा ननिस्कन अनुरोध गर्दै अध्यक्ष मल्लले अबको ४र५ दिन भित्रमा बाटो क्लियर हुने बताए ।
सडक डिभिजन कुलपाले दीपायलका इन्जिनियर योगेन्द्र अधिकारीले सडक शुचारु गर्न अस्थायी रुपमा नयाँ कटिङ गर्नुपर्ने भएकोले केही समय लाग्ने बताए ।

मोटरसाइकल चोरीमा संलग्न एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा

चट्याङ लागेर बालकको मृत्यु

वडा कार्यालयका लागि निःशुल्क जग्गा प्रदान

गोली चलाएर अभियुक्त नियन्त्रणमा

‘सिआइबी वस्तुनिष्ठ अनुसन्धानमा थप क्रियाशील हुनुपर्छ’

सवारी र्दुघटनामा एक जनाको मृत्यु, अबरुद्ध महेन्द्र राजमार्ग सञ्चालन

कैलालीका १८ स्थानमा जलमापन केन्द्र

प्रतिक्रिया