१० बुँदे कार्यान्वयन कार्यदल संयोजकबाट राजीनामा दिने भीम रावलको घोषणा
काठमाडौँ – नेकपा एमालेभित्र १० बुँदे कार्यान्वयनका लागि बनाइएको कार्यदलबाट संयोजक भीम रावलले राजीनामा दिने घोषणा गरेका छन् । शुक्रबार ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकमा उपस्थित रावलले १० बुँदे कार्यन्वयन सहजीकरण गर्न बनाइएको कार्यदलबाट राजीनमा दिने घोषणा गरेका हुन् । एमालेमा १० बुँदे कार्यन्वयन नभएको भन्दै रावलले असन्तुष्टी जनाउँदै यसबारे आफूले बैठकमा लिखित फरक मत पनि राखेको बताएका छन् ।
१० बुँदे कार्यान्वयन गर्ने सहमतिपछि एमालेमै बसेका नेताहरू समेत सहभागी यसअघिको स्थायी कमिटी बैठकले कार्यदल गठन गरेको थियो । रावलले आगामी योजनाबारे छलफल गरिने प्रतिक्रिया जनाएका छन् ।

नाग पञ्चमीको शुभकामना दिदैँ प्रधानमन्त्री ओलीले भने- ‘प्रकृतिको संरक्षण आजको प्…

कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता चयन गर्न बैठक बस्दै

जलवायु परिवर्तनका चुनौतीको समयमै समाधान गर्नुपर्छः उपराष्ट्रपति यादव

नेपालमा भैँसीको मासु प्रशोधनसम्बन्धी उद्योग स्थापना गर्न चिनियाँ कम्पनी स्वीकृतः…

आज पाँच संसदीय समितिको बैठक बस्दै

लेखा समितिमा महालेखाको प्रतिवेदनमाथि छलफल हुने

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

प्रतिक्रिया