भारतविरुध्दको पहिलो टेस्ट अस्ट्रेलियाले जित्यो

काठमाडौं : पाहुना टोली भारतलाई आठ विकेटले पराजित गर्दै अस्ट्रेलियाले पहिलो टेस्ट आफ्नो कब्जामा पारेको छ । एडलैडमा सम्पन्न खेलमा घरेलु टिम अस्ट्रेलियाले ९० रनको लक्ष्य दुई विकेट गुमाउँदै पुरा गर्यो । योसँगै उसले चार टेस्ट श्रृङखलामा १-० को अग्रता बनायो ।
ओपनर जो बन्सले अविजित ५१ रन बनाएपछि अस्ट्रेलियाले दोस्रो इनिङमा ९३ रन बनायो । यसअघि भारतले नौ विकेटको क्षतिमा ३६ रन मात्र बनाउन सक्यो । टेस्ट क्रिकेटमा भारतले बनाएको यो अहिलेसम्मकै कम स्कोर हो ।
भारतका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । ओपनर मायांक अग्रवालले सर्वाधिक नौ रन बनाए भने हनुमा बिहारीले आठ रनको योगदान गरे । त्यस्तै, उमेशकुमार यादवले अविजित चार बनाउँदा मोहम्मद शामी भने एक रन बनाएको अवस्थामा चोट बोक्दै मैदान छाड्न बाध्य भए ।

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

बुद्धिचाल प्रतियोगिता : ८ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

राष्ट्रिय महिला रग्बी सेभेन्स सोमबार

एफसी बार्सिलोनाका प्रशिक्षक फ्लिक एक वर्षको सम्झौता बढाउन सहमति

विश्वकपपछि मोड्रिचले मड्रिड छाड्ने

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

जुडो टोली बङ्गलादेश प्रस्थान

प्रतिक्रिया