हार्मोनीओएसको प्रयोगकर्ता १५ करोड बढी

काठमाडौँ - चिनियाँ टेक जायन्ट हुवावेको आफ्नै अपरेटिङ सिस्टम हार्मोनीओएस इन्स्टलको आँकडा १५ करोड नाघेको जनाएको छ । कम्पनीले यो अपरेटिङ सिस्टमा लाखौं हुवावे तथा अनर डिभाइसहरुका लागि जारी गरेको हो । हुवावेको सबै डिभाइसमा क्रमश हार्मोनीओएस प्रदान गर्दै जाने जनाएको छ ।
हार्मोनीओएस २ अपरेटिङ सिस्टम गत जुन २ मा भएको हार्मोनीओएस इभेन्टमा सार्वजनिक गरिएको थियो । यो सिस्टमको आधिकारिक रिलिजपछि कम्पनीले थुप्रै डिभाइसहरुका लागि अपडेट पनि जारी गर्दै आएको छ । सार्वजनिक भएको यति छोटो समयमै १५ करोडको आँकडा पार गर्ने हार्मोनीओएस पहिलो भएको कम्पनीको दावी छ ।
हालसम्म अति पुराना हुवावे तथा अनरका स्मार्टफोन तथा ट्याब्लेटमा यो अपडेट उपलब्ध भएको छ। वर्तमानमा ४ सयभन्दा बढी एप्लिकेशन तथा सेवा साझेदारहरु, १७ सयभन्दा बढी हार्डवेयर साझेदार तथा १३ लाख भन्दा बढी डेभलपरहरुले हार्मोनीको समुदाय बनाउन सहयोग गर्दै आएको जनाएको छ । हार्मोनीओएस संयुक्त रुपमा विश्वकै सबैभन्दा ठूलो ‘इन्टरकनेक्टेड अल-सिनारियो स्मार्ट इकोलोजी’ निर्माण गरेको कम्पनीको भनाइ छ।

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

प्रतिक्रिया