फ्रान्समा समाचार सेयर गरेबापत रकम तिर्न फेसबुक सहमत
काठमाडौँ - फ्रान्समा समाचार सेयर गरेको पैसा तिर्न सामाजिक सञ्जाल फेसबुक सहमत भएको छ । अब समाचार सेयर गरे बापत प्रकाशकहरूलाई फेसबुकले निश्चित शुल्क दिनेछ । केही महिनाअघि अष्ट्रेलियामा पनि फेसबुकले त्यहाँका केही समाचार संस्थालाई फेसबुकमा समाचार सेयर गरेबापत पैसा तिर्न सहमत भएको थियो ।
फ्रान्समा केही समयदेखि त्यहाँका मुख्य समाचार संस्थाहरूले कन्टेन्ट सेयरबापत फेसबुकले शुल्क तिर्नुपर्ने अडान राख्दै आएका थिए । फेसबुकले कति रकम तिर्नेछ भन्ने बारेमा केही जानकारी भने दिएको छैन ।
युरोपेली युनियनले सन् २०१९ मा डिजिटल प्रतिलिपि अधिकार नियमहरुलाई सुधार गर्नको लागी नयाँ नियम बनाइएको थियो । फ्रान्स ईयूको डिजिटल प्रतिलिपि अधिकार सुधारलाई राष्ट्रिय कानूनमा स्थानान्तरण अग्रणी रहेको छ । गुगलले फ्रान्समा समाचार प्रकाशकहरुसँग यस वर्षको सुरुवातमा नै सम्झौता गरिसकेको छ ।

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

प्रतिक्रिया