इन्जिनियरमाथिकाे दमन राेक्न एसोसिएसनको माग
काठमाडौँ - इन्जिनियर पेशामाथिको दमन बन्द गर्न नेशनल इन्जिनियर्स एसोसिएसन नेपालले माग गरेको छ । शनिबार माइतिघर मण्डलामा प्रदर्शन गर्दै एसोसिएसनले इन्जिनियरमाथि हुने हरेक दमनलालाई रोक्न माग गरेको हो । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकपुरधामस्थित खानेपानी तथा ढल व्यवस्थापन कार्यालय प्रमुख राजेश कुशवाहामाथि दुर्व्यवहार गरेको भन्दै उनीहरूले प्रर्दशन गरेका हुन् ।
उनीहरूले कुशवाहालाई कालोमोसो दलेर अर्धनग्न जनकपुरधाम परिक्रमा गराउने कार्य गलत मात्रै नभएर अमानविय भएको बताए । विरोध प्रदर्शनमा नेशनल इन्जिनियर्स एसोसिएसन नेपाल प्रदेश दुईका अध्यक्ष तेजनारायण यादवले प्रदेश २ मा त्रास फैलिएको भन्दै राउतको विरोध गरे । कुशवाहालाई यदि राज्यले न्याय नदिए आफुहरूले आन्दोलन चर्काउने उनले चेतावनी दिए ।
राउतका कार्यकर्ताले जनकपुरधामको ढल व्यवस्थापन र सरसफाइको व्यवस्थापनमा चासो नदेखाएको भन्दै खानेपानी तथा ढल व्यवस्थापन प्रमुख राजेश कुशवाहामाथि दुर्व्यवहार गरी कालोमोसो दलेर नगर परिक्रमा गराएका थिए । प्रदर्शनकारीहरूले 'इन्जिनियरहरूमाथि दमन गर्न पाइँदैन, पीडितलाई न्याय दे' लगायतका नारा लगाएका छन् ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया