भीम विश्वकर्माको हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन

काठमाडौँ – चितवनका भीमबहादुर विश्वकर्माको हत्याको विरोधमा शनिबार काठमाडौंमा प्रदर्शन गरिएको छ । जात व्यवस्था उन्मूलन मोर्चाको आयोजनामा मानव अधिकारकर्मीले शनिबार माइतीघर मण्डलामा भेला भई विकको हत्याको विरोधमा प्रदर्शन गरेका हुन् ।
भरतपुर महानगरपालिका–४ दुर्गाचोकका ५८ वर्षीय भीमबहादुरको दसैंको महानवमीको दिन हत्या भएको थियो । प्रदर्शनकारीले जातीय विभेदकै कारण भीमबहादुरको हत्या भएको भन्दै जातीय विभेद अन्त्य गर्न सरकारसमक्ष माग गरेका छन् ।
उनको हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने, पोस्टमार्टम रिपोर्ट सार्वजनिक गर्नुपर्ने लगायतका माग लेखिएका प्लेकार्ड बोकेर अधिकारकर्मीले प्रदर्शन गरेका छन् ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया