माउन्टको ह्याट्रिकमा चेल्सीको रवाफिलो जित

काठमाडौँ - इंग्लिस प्रिमियर लिगमा शनिबार साँझ चेल्सीले नर्विच सिटीमाथि ७–० को जित दर्ता गरेको छ । चेल्सीको जितमा म्यासन माउन्टले ह्याट्रिक पूरा गरे । स्टाम्फोर्ड ब्रिजमा जित हासिल गरेसँगै चेल्सीले शीर्षस्थानमाथिको पकड बलियो बनाएको छ । सातौँ जितपछि चेल्सीको खातामा २२ अंक छ । एक खेल कम खेलेको लिभरपुलको १८ अंक छ ।
घरेलु मैदानमा माउन्टले चेल्सीलाई आठौँ मिनेटमै अग्रता दिलाएका थिए । आक्रामक मिडफिल्डर माउन्टले ८५ औँ र ९० औँ मिनेटमा फेरि गोल गरे । चेल्सीको जितमा कालुम हड्सन ओडोई, रिस जेम्स र बेन चिलवेलले पनि एक–एक गोल गरे । चेल्सीले एक गोल भने उपहार पायो । सातौँ हार बेहोरेको नर्विच भने २० औँ स्थानमा छ । जारी सिजनमा एक जित पनि दर्ता गर्न नसकेको नर्विच रेलिगेसनमा पर्ने खतरा बढेको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया