५ हजार भन्दा बढी वडामा एमालेको अधिवेशन सम्पन्न

काठमाडौँ – नेकपा एमालेको शनिबार सुरु भएको वडा अधिवेशन धेरै ठाउँमा सम्पन्न भएको छ । अध्यक्ष केपी शर्मा ओलीले शनिबार केन्द्रीय कार्यालयबाट उद्घाटन गरेपछि एमालेको वडा अधिवेशन देशव्यापी रूपमा सुरु भएको हो ।
अधिवेशन सम्पन्न भएसँगै परिणाम आउन थालेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । ५ हजार भन्दा बढी वडामा सर्वसम्मतरूपमा नेतृत्व चयन भएको विवरणहरू आएको र बाँकी वडामा पनि शान्तिपूर्ण रूपमा अधिवेशन सम्पन्न भएको उनले बताए । पालिका कमिटीका अधिवेशनहरू ९ कात्तिकमा हुने एमालेले जनाएको छ ।
६ हजार ७ सय ४३ वडामध्ये बाढी पहिरोले प्रभावित र आन्तरिक विवाद मिलाउन बाँकी केही वडामा मात्रै अधिवेशन हुन बाँकी रहेको सचिव तामाङले बताए । अधिवेशन हुन बाँकी वडामा अधिवेशन चाँडै गर्न अध्यक्ष ओलीले निर्देशन दिएका छन् । सम्बन्धित पालिका कमिटीले वडा अधिवेशन सम्पन्न गर्ने छन् । एमालेले १० औं महाधिवेशन १०–१२ मंसिरमा चितवनमा आयोजना गर्ने तय गरेको छ ।

नाग पञ्चमीको शुभकामना दिदैँ प्रधानमन्त्री ओलीले भने- ‘प्रकृतिको संरक्षण आजको प्…

कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता चयन गर्न बैठक बस्दै

जलवायु परिवर्तनका चुनौतीको समयमै समाधान गर्नुपर्छः उपराष्ट्रपति यादव

नेपालमा भैँसीको मासु प्रशोधनसम्बन्धी उद्योग स्थापना गर्न चिनियाँ कम्पनी स्वीकृतः…

आज पाँच संसदीय समितिको बैठक बस्दै

लेखा समितिमा महालेखाको प्रतिवेदनमाथि छलफल हुने

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

प्रतिक्रिया