सुपर १२ मा अष्ट्रेलियाको विजयी सुरुवात

काठमाडौँ- आईसीसी टी–ट्वान्टी विश्वकपमा सुपर १२ को पहिलो खेलमा अस्ट्रेलिया विजयी भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधाबीस्थित जायद क्रिकेट मैदानमा भएको खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई पाँच विकेटले पराजित गर्यो ।
टस जितेको अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ब्याटिङको निम्तो दिएको थियो । दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११८ रनको योगफल तयार पार्यो । जवाफमा अस्ट्रेलियाले १९.४ ओभरमा पाँच विकेटको क्षतिमा १२१ रन बनायो ।
दक्षिण अफ्रिकी टिमका लागि एइडेन मारक्रामले सर्वाधिक ४० रन बनाए । उनले ३६ बल सामना गर्दा एक छक्का र तीन चौका प्रहार गरे । उनीबाहेक अन्य दक्षिण अफ्रिकी ब्याटरले उल्लेख्य रन जोड्न सकेनन् । कागिसो राबडाले अविजित १९ रन बनाए भने डेभिड मिल्लरको नाममा १६ रन रह्यो । कप्तान तथा ओपनर टेम्बा बाभुमा १२ रनमा पेभेलियन फर्कदा हेनरिच क्लासनले १३ रन बनाए । यी बयाटरबाहेक अन्यले दोहारो अंक छुएनन् ।
बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्क, जोस हाजेलउड र एडम जाम्पाले समान दुई–दुई विकेट लिए । यसैगरी ग्लेन म्याक्सवेल र पाट क्युमिन्सले एक–एक विकेट लिए ।
अस्ट्रेलियाको जितमा स्टिभन स्मिथले ३५ रनको योगदान गरे भने मार्कस स्टोनिसले नटआउट २४ रन बनाए । विजयी टिमका लागि ग्लेन म्याक्सवेलले १८ रन जोड्दा ओपनर डेभिड वारनरको नाममा १४ रन रह्यो । दक्षिण अफ्रिकाका लागि एनरिच नोर्जेले दुई विकेट लिँदा राबडा, केशव महाराज र टाबराइज शामसीले एक–एक विकेट लिए ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_zc6keGm69h_mtewttbx3rqqwyihsmx5o95ta2br01dod342c6sy9knjibjdb1mdmzjavbon.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया