सहकारीका माध्यमबाट जनताको जीवनस्तर उकास्नुपर्छ : ऊर्जामन्त्री भुसाल

ललितपुर - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सहकारीका माध्यमबाट जनताको जीवनस्तर उकास्न सकिने बताएकी छन् । सरकारले आर्थिक, सामाजिक न्याय तथा गरिबी न्यूनीकरणका लागि सार्वजनिक, निजी र सहकारीसहित तीन खम्बे अर्थनीति अवलम्बन गरेको उल्लेख गर्दै मन्त्री भुसालले सहकारी क्षेत्रले आर्थिकरूपमा विपन्न परिवारलाई सहयोग गर्नुपर्नेमा जोड दिइन् ।
‘सहकारीका माध्यमबाट आर्थिक सशक्तीकरण गर्नुपर्छ, सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणमा यस क्षेत्रले भूमिका खेल्नुपर्छ,’ ललितपुरको प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१औं वार्षिक साधारसभाको उद्घाटन गर्दै मन्त्री भुसालले भनिन् । सहकारीले गरिब परिवारलाई सीप र रोजगारी उपलब्ध गराएर जीवनस्तर माथि उठाउनुपर्नेमा उनले जोड दिइन् ।
आर्थिक अधिकारमा महिलाको समान पहुँच नभएको भन्दै उनले विगतमा अधिकारका लागि संघर्ष गरेको र अब अधिकार कार्यान्वयनका लागि संघर्ष गर्नुपर्ने समय आएको धारणा राखिन् ।

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

प्राकृतिक प्रकोप न्युनिकरणमा चीनसँग सहकार्य अपरिहार्य: उर्जा मन्त्री खडका

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन

प्रतिक्रिया