पशुपति स्वच्छता अभियान पाँचौं हप्तामा

काठमाडौँ – स्वच्छ पशुपति अभियान पाँचौं हप्तामा प्रवेश गरेको छ । विश्वसम्पदा सूचीमा सूचिकृत पशुपतिनाथ परिसरलाई स्वच्छ र सफा बनाउने उद्देश्यले सुरु भएको यो अभियान शनिबार पाँचौं हप्तामा प्रवेश गरेको हो ।
पशुपति क्षेत्रलाई विश्वभर फैलिएका वैदिक सनातन धर्मावलम्बीको तीर्थस्थल एवं अन्य धर्मावलम्बीको गन्तव्यस्थलका रुपमा विकास गर्न स्वच्छ बनाउने अभियान असोजदेखि सुरु भएको थियो । शनिबारको सफाइ कार्यक्रममा पूर्वमुख्यसचिव लीलामणि पौडेलसहित बागमती सफाइ अभियानकर्मी जोडिएका छन् ।
यस्तै अभियानकर्मी डा. राजु अधिकारी, चक्रबहादुर चन्द, चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायत कलाकार तथा सफाइ अभियानकर्मी उपस्थिति थिए । पशुपतिनाथ परिसरलाई सफा र स्वच्छ राख्न हरेक शनिबार बिहान ८ बजेदेखि पशुपति सरसफाइ कार्यक्रम सञ्चालन हुँदै आएको छ । पाशुपत क्षेत्रलाई सफा राख्न सांकेतिक रूपमा सरसफाइ हुने गरेको स्वच्छ पशुपति अभियानका संयोेजक डा. श्याम खड्काले बताए ।
पूर्वमुख्यसचिव पौडेलले पशुपति स्वच्छ अभियानको निरन्तरताका लागि शुभकामना दिए । मन र भावनाले मात्र यस्तो कार्य गर्न सकिने हुँदा सम्पूर्ण अभियानकर्मीलाई उनले धन्यवाद दिए । अधिकार सम्पन्न बागमती समितिका अध्यक्ष तिमल्सिनाले बागमती सफा भएमात्र पशुपतिनाथको शोभा बढ्ने हुँदा बागमतीलाई ढलमुक्त गर्नुपर्ने र यसका लागि नीतिनियम बन्दै गरेको पनि जानकारी दिए ।

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

श्री ५’ भन्ने शब्द प्रयोग गरेको आरोपमा पक्राउ

नवलपुरमा बाघको आक्रमणबाट एकजना घाइते

प्रतिक्रिया