कोभिडबाट वडाध्यक्षको निधन

नुवाकोट- नुवाकोटको तारकेश्वर गाउँपालिका–४ का वडाध्यक्ष राममणि अधिकारीको निधन भएको छ । कोभिड सङ्क्रमित भएर काठमाडौँस्थित मनमोहन अस्पतालमा उपचार गराउँदै आएका ७७ वर्षीय अधिकारीको आज (आइतबार) बिहान निधन भएको गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीले जानकारी दिए ।
गत असार दोस्रो साता सङ्क्रमणपश्चात अवस्था गम्भीर भएसँगै उनलाई अस्पताल भर्ना गरिएको थियो । अधिकारी कोभिडमुक्त भए पनि फोक्सो र कलेजोमा समस्या देखिएपछि अस्पतलामा उपचारत थिए ।
नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका उनी यसअघि साविक बुधसिंह गाविसबाट दुईपटक गाविस अध्यक्षमा निर्वाचित थिए । रासस

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

प्रतिक्रिया