एमाले केन्द्रीय कार्यालय तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा सार्ने तयारी

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कार्यालय ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा सार्ने तयारी भएको छ । प्रधानमन्त्रीबाट केपी ओली बाहिरिएपछि एमालेका हरेकजसो बैठक सोही भवनमा हुँदै आएकोमा अब आधिकारिक रूपमा पार्टी कार्यालय त्यहाँ सार्ने तयारी भएको हो ।
एमालेले केन्द्रीय कार्यालबाट गर्दै आएका सबै काम त्यही भवनबाट गर्ने महासचिव ईश्वर पोखरेलले जानकारी दिए । ‘नेकपा एमाले र तुलसीलाल स्मृति प्रतिष्ठानबीच आज महत्वपूर्ण समझदारी । अब केही समयपछिदेखि एमालेले केन्द्रीय कार्यालयबाट सम्पन्न गरिने सम्पूर्ण कामहरू यहींबाट हुनेछन्,’ महासचिव पोखरेलले फेसबुक पेजमा लेखेका छन् ।
एमालेले चैत ०७७ बाट थापाथलीमा पार्टी केन्द्रीय कार्यालय राखेको थियो । उक्त घर तत्कालीन प्रधानमन्त्रीसमेत रहेका ओलीका आर्थिक सल्लाहकार मोतीलाल दुगढले दिएको भन्दै आलोचना भएको थियो । तर एमाले नेताले भने थापाथलीमा पार्टी कार्यालय साँघुरो भएको भन्दै तुलसीलाल स्मृति प्रतिष्ठानमा कार्यालय सारेको जनाएका छन् । थापाथलीअघि धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवनमा एमालेको केन्द्रीय कार्यालय थियो ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया